Tuesday, 11 January 2011

बेनी-दरवाङ सडक खण्डमा एक साता देखि सडक अबरुद्ध


म्याग्दी बेनी २७ पुस
जिल्लाको पश्चिम भेग जोड्ने बेनी-दरवाङ सडक खण्डमा पर्ने बावियाचौर गाविसको रनबाङ देखि माथिको सडक मर्मत गर्न लागिएकाले विगत एक साता देखि सडक अबरुद्ध भएको छ ।
जिल्ला विकास समिति म्याग्दी अन्तरगत रहेको विकेन्द्रीकृत ग्रामिण पुर्वाधार विकास कार्यक्रम -ड्रिलिप) ले सडकको स्तरोन्ती गर्न लागेकाले सडक अबरुद्ध भएको हो । सडक अबरुद्ध हुदा पश्चिम भेगका बासिन्दालाई दैनिक उपभोग्य बस्तुको ढुवानीमा समस्या भएको छ ।
समयमै सडक मर्मत गर्न नसक्दा खाद्यन्नका साथै मुल्यमा बृद्धि भएको स्थानिय बासिन्दाले बताएका छन् । छिटै सडक सुचारु नभएमा समस्या हुने भएकाले यस तर्फध्यान दिन ब्यापारीले आग्रह गरेका छन् । पश्चिम म्याग्दीका साथै बाग्लुङका केही गाविसमा दरवाङबाट सामान निर्यात हुने गरेकोले सडक सञ्चालन नहुदा ग्रामीण भेगमा खाद्य संकट पर्न सक्ने बताईएको छ

Monday, 10 January 2011

दुइ बालिकाको हत्यारालाई प्रहरीले र्सार्वजनिक गरिएको छ


म्याग्दी, पुष २६ गते
पाँप धुरीबाट कराउँछ भने जस्तै २०६६ जेठ २१ गते म्याग्दी रत्नेचौर गाविस स्थित अर्जम गाउँमा बलात्कार पछि हत्या गरिएका दुइ बालिकाको हत्यारालाई प्रहरीले र्सार्वजनिक गरिएको छ ।
पत्रकार सम्मेलनमा ९ बर्षी सपना नेपाली र उनकी साथी १० बषियाँ गंगा नेपालीलाई सोही गाउँका कृष्णबहादुर दमाईले जंगलका रहेका ढुङगा खानीमा बलात्कार पछि हत्या गरेको खुल्न आएको छ । घटना भएको लामो समयपछि प्रहरीले स्थानियबासिन्दाको सुराकीका साथै हुलियाका आधारमा पक्राउ गरिएको बताइएको छ ।पत्रकार सम्मेलनमा प्रहृरीले घटना पश्चात अनुन्धानका क्रममा आफ्नो तर्फाबाट केही कमजोरी भएको समेत स्वीकारेको छ । घटनापछि अनुसन्धानका क्रममा भएका स्थलगत अध्ययन समेत बारेमा प्रहरी नायव उपरिक्षक नवराज भट्टले बताए । भट्टले भने,’ समयमै अपराधिलाई नियन्त्रणमा लिन नसक्नुमा प्रहरीको केही कमजोरी देखिएको छ ।’ घटनापछि दमाईले गरेका गतिविधिले पेसेवर अपराधी जस्तो देखाउँछ
 दमाईले प्रयोग गरेका कपडा,गतिविधि र अनुसन्धानले बालिकाको बलात्कारपछि हत्या गरेको देखाएको छ ।यसैविच अनुसन्धानका क्रममा दमाई पेशेवर अपराधी भएको समेत खुलेको छ । उनले आफ्नै आमालाई जवरजस्तीको प्रयासका साथै भारतमा समेत विभिन्न अपराधका घटनामा संलग्न भएको प्रहरी निरिक्षक महेन्द्र विकले बताए । उनले भने,’ क़केन्द्रबाट प्राप्त गरेको परिक्षण अनुसार बालिकाको हत्यापछि पनि बलात्कार गरेको देखाउँछ ।’

नेपालको कानुनमा जवरजस्ती करणी मुलुकी ऐन २०२० को महल अनुसार १० देखि १४ बर्षो उमेका बालिकालाई जवरजस्ती गर्नेलाई ८ देखि १२ बर्षम्म कैद हुने प्राबधान रहेको छ 

म्याग्दीको जनकल्याणमा मावि पुलाचौरमा विद्यार्थीहरुले तालाबन्दी

म्याग्दी पुष २६ । म्याग्दीको जनकल्याणमा मावि पुलाचौरमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । पाँच वर्षदेखि बिद्यालयमा कार्यरत गणित शिक्षक टेकनारायण आचार्यलाई विद्यालय व्यवस्थापन समितिले विद्यालयबाट हटाएको भन्दै उनीहरुले हिजोदेखि अनिश्चितकालीन रुपमा तालाबन्दी गरेको जनाएका छन् । समितिले राजनीतिक पूर्वाग्रहका आधारमा शिक्षक आचार्यलाई हटाएको विद्यार्थीहरुको आरोप छ । उनीहरुले विद्यालयको प्रशासन र प्रधानाध्यापकको कक्षमा तालाबन्दी गरेको कक्षा दशका विद्यार्थी भुवन पौडेलले बताए । सदरमुकाम बेनीदेखि दुईघण्टाको पैदलदुरीमा पर्ने विद्यालयमा करिब तीनसय विद्यार्थी अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज पौडेलले भने समितिलाई लगाएको आरोप सत्य नभएको बताएका छन् 

Thursday, 6 January 2011

खानेपानीमा आत्याधिक मात्रामा ब्याक्टेरिया किटानु फेला

म्याग्दी पुष २२ । सदरमुकाम बेनी र आसपासका क्षेत्रमा बितरण गरिएकॊ खानेपानीमा आत्याधिक मात्रामा ब्याक्टेरिया किटानु फेला परेको छ । बजारनजिकै रहेको बराहपाखो सामुदायिक वनका बिभिन्न क्षेत्रको मुलबाट जम्मा गरि बजार तथा मंगलघाट क्षेत्रमा बितरण गरिएको पानीमा ब्याक्टेरियाका जिवाणु फेलापरेको केन्द्रीय निरिक्षण टोलीले जानकारी दिएको हो ।
शुद्ध खानेपानीको प्रयोग गर्ने उद्देश्यका साथ नेपाल सरकार खानेपानी गुणस्तर सुधार तथा अनुगमन शाखाले देशका विभिन्न जिल्लामा वितरण गरिएको खानेपानीको अनुगमनका साथै परिक्षण गर्ने क्रममा अर्थुङ्गे गाविसको वडा नंवर २ को बराहपाखो सामुदायिक वनले वितरण गर्दैआएको पानीमा ठुलो परिणामा किटाणु देखिएकाले पिउनयोग्य नभएको खानेपानी विशेषज्ञ भोला पौडेलले
बताए ।
वितरण गरिएको पानीको मुहानमा हिलोपनका साथै विभिन्न किटाणु फेला परेकाले आवश्यक सुरक्षा अपनाउनुपर्नेमा समेत उनले जोड दिए । यता बराहपाखा सामुदायिक वनका अध्यक्ष कुलप्रसाद श्रेष्ठले पानीमा किटाणु देखिएकाले समान्य पिउने बाहेक अन्य काममा मात्र प्रयोग गर्न उपभोक्तलाई आग्रह गरेका छन् । सो क्षेत्रबाट विगत आठ वर्षदेखि बेनीबजार र मंगलाघाट क्षेत्रमा पानी वितरण हुँदैआइरहेको छ ।

Wednesday, 5 January 2011

तातोपानी कुण्डमा नुहाउने सर्वसाधारण वृद्धि

 म्याग्दी पुष २१ । व्यवस्थित तातोपानी कुण्ड निर्माण भएपछी म्याग्दीको सिङ्गा गाविस स्थित कुण्डमा नुहाउने  संख्यामा वृद्धि भएको छ । गत भदौदेखी हिजो पुष २० गते मंगलबारसम्म ३ हजार १ सय ४३ तातोपानीमा नुहाउन आएको कुण्ड व्यवस्थापन समितीका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए ।
चर्म रोग लगायत हाड जोर्नी नसा तथा ग्यास्टीक रोगको निदानमा प्रभावकारी उपचार हुने भएकोले सर्वसाधारण कुण्डमा नुहाउन जान थालेका हुन । यस कुण्डमा स्नान गरेका कतिपय विरामीहरुले देशका ठुला -ठुला अस्पतालमा समेत निको नभएको रोग यस त्ातोपानी कुण्डमा स्नान पछि निको भएको बताएका छन ।यस वर्ष कुण्डमा स्नान गर्नेहरुबाट शुल्क मात्रै २४ लाख ६३ हजार आठसय ६० रुपैयाँ संकलन भएको र कुण्ड व्यवस्थापनमा १६ लाख ९४ हजार ७५ रुपैया खर्च भएको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
करिव दुईसय जनाले एकैपटक स्नान गर्न सक्ने क्षमताको कुण्डमा सर्वसाधारण तथा विरामीहरुको मागलाई मध्यनजर गर्दै धर्मशाला तथा आवास निर्माण गर्ने गुरुयोजना बनाईएको समतिका अध्यक्ष शाक्यले जानकारी दिए ।
कुण्ड व्यवस्थापन समितिले प्रत्येक व्यक्ति १५ दिनसम्म लगातार कुण्डमा स्नान डुबे बापत १ सय रुपैया शुल्क निर्धारण गरेको छ । यसैविच नेपाली सेना वज्रदल गण अर्थुङ्गेले कुण्डमा सरसफाई गरेको छ । सेनानी भोज वहादुर वस्नेतको नेतृत्वमा ६० जना नेपाली सेनाका जवानहरुले सरसफाई गरेको तातोपानी कुण्डले जनाएको छ ।
पर्यटनवर्ष २०११ लाई लक्षित गरि कुण्डमा नुहाउन आउनेहरुलाई सहज र सफा वातावरणमा नुहाउने अनुकुलताको विकास गर्नका लागि कुण्डको सरसफाई गरिएको सेनानी कार्कीले बताए 

Monday, 3 January 2011

नीजि विद्यालयलाई चर्को कर लिने गरेकाले बाध्य भएर शुल्क बढाइएको


म्याग्दी, १९ पुष
सरकारले शैक्षिक शुल्कका नाममा नीजि विद्यालयलाई चर्को कर लिने गरेकाले बाध्य भएर शुल्क बढाइएको नीजि विद्यालयहरूको संगठन प्याप्सन म्याग्दीका अध्यक्ष राजु केसीले बताएका छन् ।
सदरमुकामस्थीत बेनीबजारमा रहेको बेनी आवाशिय माध्यमिक विद्यालयको २० औं वाषिर्कोत्सव तथा अभिभावक भेलामा बोल्दै प्याप्सनका अध्यक्ष केसीले सरकारले नीजि विद्यालयलाई सरकारले दोस्रो दर्जाको नागरिक सरह हर्ने गरेकाले समस्या उत्पन्न भएको भन्दै यस्तो कार्यको चर्को विरोध गरिने समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्लामा रहेको सम्पर्ुण्ा नीजि विद्यालयको शैक्षिक भुमिका समान भएकोले कसैलाई पनि वर्गिकरण गर्न नहुनेमा जोड दिइएको थियो । कार्यक्रममा बोल्दै जिल्लाशिक्षा अधिकारी दिलनाथ पुरीले म्याग्दीजस्तो दर्ुगम जिल्लामा नीजि विद्यालयले दिएको शिक्षाको योगदान निकै ठुलो रहेको भन्दै सरकारी क्षेत्रसंग पनि सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
वाषिर्कोत्सव कार्यक्रममा बिभिन्न दर्ुइदर्जनभन्दा बढि बिधामा उत्कृष्ट हुने करिव एकसयभन्दा बढि विद्यार्थी र अभिभभावकहरूलाई सम्मान र पुरस्कार बितरण गरिएको थियो । कार्यक्रममा बोल्ने अभिभावकहरूले सरकारी विद्यालयमा गुणस्तरिय शिक्षा नभएका कारण अफ्ना छोराछोरीलाई नीजि विद्यालयमा पढाउन बाध्य भएको बताएका थिए । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष रेशम बानियाँ, अभिभावक लक्ष्मण शर्मा, स्थानीय बुद्धीजिविहरू लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Sunday, 2 January 2011

९५ प्रतिशत खानेपानी आयोजनाहरुको गुणस्तर खस्किएको

 पुष १८ ।सरोकारवाला निकायको नियमित अनुगमन नभएका कारण मुलुकभरका करिव ९५ प्रतिशत खानेपानी आयोजनाहरुको गुणस्तर खस्किएको म्याग्दीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । बेनी खानेपानी तथा उपभोक्ता समितिले आइतबार सदरमुकाम बेनीबजारको मंगलघाटमा आयोजना गरेको खानेपानी सुद्धिकरण तथा अनुगमन विषयको अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले खानेपानीको अनुगमन मात्रै गर्ने हो भनेपनि मुलुकभर वर्षेनी फैलने महामारी ७० प्रतिशत सम्म रोक्न सकिने बताए ।
कार्यक्रममा बोल्दै बेनी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले समयमै उपकरणका साथै पुर्वाधारका बारेमा जानकारी पाएमा स्थानीय उपभोक्ताहरुले नै खानेपानीको सुद्धिकरण गर्नसक्ने बताए ।
त्यस्तै खानेपानीका गुणस्तर बिशेसज्ञ भोला पौडेलले मुलुकभरका खानेपानी परियोजनाका मुहानदेखि मानिसको मुखसम्म पानीको सुद्धिकरण हुनुपर्नेमा उपभोक्ता सचेत नभएका कारण हरेक क्षेत्रमा समस्या परेको भन्दै उपभोक्ता सामान्य मात्रै सचेत भएमा सबै समस्या समाधान हुने बताए ।
कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद मसा्रनी खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय म्याग्दीका प्रहुख तथा इन्जिनियर शिवप्रसाद श्रेष्ठ नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठ स्थानीय समाजसेवी हरिकुमार श्रेष्ठलगायतका व्यक्तिहरुले खानेपानीको गुणस्तरता बृद्धि गरेमा बिभिन्न संक्रमणबाट जोगिनसकिने बताएका थिए ।
कार्यक्रम बेनी खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष सुवासकुमार श्रेष्ठको सभापतित्व सदस्य तुलसीलता श्रेष्ठको स्वागत मन्तव्य र सचिव माधव रेग्मीको साचालनमा सम्पन्न भएको थियो 

संबिधानमा बहुलबाद नलेखिए संबिधान नबन्ने


नेपाली काग्रेसका केन्द्रिय सदस्य गगन थापाले संबिधानमा बहुलबाद नलेखिए संबिधान नबन्ने बताउनुभएको छ ।
तरुण दल म्याग्दीले आज म्याग्दीको ३५ औं मेलमिलाप दिवसको अवसरमा आयाृजना गरेको बृहत तरुण भेलालाई सम्बोधन गर्दै थापाले एकिकृत नेकपा माओबादीका नेताहरूले बहुलबाद लेखिए संविधान लेख्न नहुने अडान लिइरहेको बेला कांग्रेस उक्त बिचारमा कुनैपनि हालतमा सहमत नहुने बताउनुभयो ।
भेलालाई सम्बोधन गदै थापाले जातिय राज्यले देशलाई बिखण्डनतर्फडोर्‍याउने सिबाय अरु केहि नहुने भएकोले माओबालीले त्यस्तो कुरा गर्नु केवल दिवा सपना मात्रै भएको जिकिर गर्नुभयो ।

सेना समायोजन समयमै नभए माओबादीका बिरुद्ध नै लडाकु उत्रने दाबी गदै थापाले शान्ती र संबिधानको पक्षमा माओबादी नउभिए माओबादी फुट्ने समेत दाबी गर्नूभयो । शान्ती र संबिधानका लागि दलहरुबिचको एकता आवश्यक रहेको भन्दै माओबादीले जातिय राज्यको नारा लिएर देशलाई टुक्राउन खोजेको पनि आरोप लगाउनुभयो ।
उहाँले जातिय राज्य अबैज्ञानिक, अव्यवहारिक र अस्थिर राजनीति बाहेक केहि हुन नसक्ने ठोकुवा गर्दै त्यस्तो कुराले मुलुक कहिल्यै अग्रगतीमा जान नसक्ने बताउनुभयो । माओबादीले १८ वर्षउमेर पुगेका नेपाली नागरिकलाई सैन्य तालिम दिनुपर्ने र नेपाली कांग्रेसले १८ वर्षपुगेका नागरिकलाई उच्च शिक्षा र रोजगार दिनुपर्ने कुरामा अडिक भएका कारण संविधानका कतिपय कुरामा समस्या सृजना भएको बताउनुभयो ।
एकिकृत माओबादीले शिविरमा रहेका लडाकुलाई आफ्नो सरकार गठन नहुने बेलासम्म समायोजन गर्न नचाहेको कुरा सोहि पार्टि ठुल्ठुला नेताहरूबाट खुलासा भएको भन्दै थापाले शिविरका लडाकुलाई छिटै समायोजन गरिनुपर्ने कुरामा जोड दिनुभयो ।
भेलालाई नेपाल तरुण दलका केन्द्रीय महाँसचिव पुस्प पराजुली, सचिव इश्वर मानन्धर, नेपाली कांग्रेस म्याग्दीका सभापती रेशमबहादुर बानियाँ लगायतका नेताहरूले सम्बोधन गरेका थिए । तरुण दलको युवा सम्मेलन कार्यकर्ताहरूको प्रशिक्षण सहित शनिबार समापन हुने कार्यक्रम रहेको छ 

Wednesday, 29 December 2010

दुध ढुवानी गर्न नसक्दा समस्या सृजना


म्याग्दी, १४ पुष
आफ्नै घरमा पालेका गाइभैंसीको दुध बेचेर परिवारको खर्च धान्नका लागि हजारौं रुपैयाँ खर्चेर त्यस पेशातर्फलागेका म्याग्दी र पर्वतका किसानहरूलाई सहज तरिकाले दुध ढुवानी गर्न नसक्दा समस्या सृजना हुनेगरेको छ ।
गाउँमा सडक यातायात पुगेको भएपनि आवश्यक परेका बेला यातायातका साधन उपलब्ध नहुँदा र भएपनि भाडादर निकै महंगो भएका कारण म्याग्दीको राखुपिप्ले, दग्नाम, पाखापानीका साथै पर्वतको लेखफाँटका किसानहरूलाई दुध बिक्रिका लागि दैनिक चारदेखि छ घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
गाउँमा मोटरबाटो पुगेको भएपनि नियमीत गाडि नचल्दा दूधको भारी बोकेर बेनी पुग्नुपर्ने बाध्यता दैनिकी बनेको लेखफाँटका किसान कृष्णप्रसाद सुवेदीले बताए । विद्युतको अभावमा दूध संकलन केन्द्र स्थापना गर्न नसकिएकाले समस्या परेको किसानहरूले गुनासो गरेका छन् ।
विद्युतीकरणका लागि गाउँभरी लाईन जडान भएको एक वर्षपुगेपनि अहिलेसम्म अधिकाँस गाउँमा बिजुली बलेको छैन ।
त्यस्तै सोही गाउँका किसान श्यामप्रसाद सुवेदीले विद्युत अभावमा दूध संकलन केन्द्र स्थापना हुन नसक्दा बजारीकरण गर्न समस्या परेको बताए ।
 म्याग्दी पुष १४ । नीजि श्रोतको शिक्षक नियुक्तिको विषयमा बिबाद भएपछि म्याग्दीको अर्थुङ्घे गाविस वडा नंवर ७ मा रहेको थाकनपोखरी निम्न माध्यमिक विद्यालयमा स्थानीय युवाहरुले बुधबारदेखि अनिश्चितकालिन तादाबन्दी गरेका छन् । विद्यालयमा शिक्षकको पदपुर्ती गर्नका लागि आव्हान गरिएको सुचनामा निष्पक्ष तरिकाले दक्ष जनशक्ति ल्याइने भनेर प्रचारबाजी गरिएको भएपनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतका पदाधिकारीहरुले नाताबाद र कृपाबादका आधारमा नियुक्ति गरेको आरोप युवाहरुले लगााएका छन् ।
विद्यालयमा बुधबार बिहान भेला भएका युवाहरुले शिक्षक नियुक्तिको प्रकृयालाई बदर व्यवस्थापन समितिमा युवाहरुको प्रतिनिधित्व लगायतका माग पुरा नभएसम्म विद्यालयको ताला नखोल्ने स्थानीय युवा बिमल रिजालले बताए । विद्यालयमा नया शिक्षकलाई स्थानीय श्रोतबाटै पारिश्रमीक दिनुपर्ने भएपछि स्थानीय दक्ष युवाहरुलाई पाखा लगाइएको आरोप समेत युवाहरुले लगाएका छन् ।
विद्यालयमा लगाइएको तालाको विषयमा विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद पौडेल र प्रधान अध्यापक शोभा पौडेलले भने कुनै प्रतिकृया दिएका छैनन् । युवाहरुका अनुसार विद्यालयको व्यवस्थापन समिति र प्रधान अध्यापकको मिलेमतोमा नातेदारलाई नियुक्त गरेका हुन् ।
यसै विषयका बारेमा स्थानीय स्तरमा टुङ्घो नलागेमा जिल्ला शिक्षा कार्यालयमा उजुरी दिने समेत तयारी गरिरहेको युवाहÂरुले बताएका छन् । तालाबन्दीपछि विद्यालयमा अध्ययनरत करिव एकसय जना विद्यार्थीहरुको पढाई प्रभावित बनेको छ 

सामान्य विवादमा खुकुरी प्रहार

 म्याग्दी पुष १४ । सामान्य विवादमा खुकुरी प्रहार गर्दा म्याग्दीको कुहुं गाविसको पुर्णगाउमा एकै परिवारका तिन जना गम्भिर घाईते भएका छन् । बुधबार विहान करिव १० बजे कुहुं गाविस वडा नंवर १ पुर्णगउका डिलबहादुरअर्मजाले खुकुरी प्रहार गरि करिव ६३ वर्षिय तेजबहादुर बुढाथोकी उनकी ६० वर्षिया श्रीमती मनकुमारी बुढाथोकी र छोरी गुनमया बुढाथोकीलाईगम्भिर घाईते बनाएका हुन् ।
अर्मजाले तेजबहादुरको घरबाट केहि हप्ता अगाडी बन्चरो मागेर लगेको र सोहि बन्चरो माग्ने क्रममा तेरो बन्चरो मैले किन दिने भन्दै परिवारका सम्पुर्ण सदस्यहरुलाई एकाएक खुकुरी प्रहार गरेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
खुकरी प्रहार पछि डिलबहादुर अर्मजा फरार भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थल तर्फ गएको छ । खुकुरी प्रहार गर्ने डिलबहादुर अर्मजा पहिला मानसिक बिरामी भएको भएपनि केहि समय यतादेखि सामान्य अवस्थाका नै रहेको स्थानीयले बताए ।
घाइतेहरुलाई उपचारका लागि सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याइदैगरेको छ भने उनिहरुलाई कुनकुन स्थानमा चोट लागेको छ भन्नेकुरा भने खुल्नआएको छैन 

Tuesday, 28 December 2010

म्याग्दीले रियल जुस म्याग्दीमा विक्री वितरण गर्न प्रतिवन्ध

म्याग्दी पुष १३ । उपभोक्ता हित संरक्षण मन्चको आग्रहमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रियल जुस म्याग्दीमा विक्री वितरण गर्न प्रतिवन्ध लगाएको छ । डावर नेपालको उत्पादन रियल जुसको उत्पादनमा नक्कली उत्पादन मितिको स्टीगर टाँसको पाईएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिल गरेपछि म्याग्दीमा विक्री वितरणमा प्रतिवन्ध लगाएको हो ।
रियल जुसमा नक्कली स्टिकर टाँसी वजारमा विकि्र वितरण भैरहेको पुष्टी भएपछि म्याग्दी स्थित उपभोक्ता हित संरक्षण मन्च नागरिक समाज व्यवसायी प्रहरी उपभोक्ता लगायत सरोकारवालाको अनुरोधमा प्रशासनले बिक्रीमा प्रतिबन्ध लगाएको हो ।
उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरि डावरले आफ्नो उत्पादन बजारमा ल्याएकाले अर्को सूचना जारी नहुँदासम्म बिक्री गर्न प्रतिबन्ध लगाईएको प्रहरी निरीक्षक महेन्द्र बिकले जानकारी दिनुभयो ।
यसैवीच डावर नेपालका उत्पादनहरुमा अखाद्य बस्तुहरु पाईएको र जनस्वास्थ्य माथि डावरले खेलबाड गरेको भन्दै धौलागिरीका अन्य जिल्लाहरुमा पनि रियल जुस बिक्री बितरणमा तत्कालै रोक लगाउनुपर्ने जनदबाव बढेको छ 

मुस्ताङ लगायतका ठाउँबाट पर्यटकहरु भुरुङतातोपानीमा

पर्यटकले खानाको परिकार भन्दा बढि घुम्ने इच्छा गर्ने भएकाले छिमेकी नारच्याङ र दाना गाविससम्म पुग्ने पदमार्गका साथै आवश्यक पर्ुवाधार समेत बनाइसकेको स्थानिय रिता शेरचन बताईन । शेरचन भन्छिन्,’ संसारकै गहिरो गल्छी सम्म पुर्‍याउन महिला समुका साथै अन्य क्षेत्रबाट समेत सहयोग भइरहेको छ ।’ हिमाली जिल्ला मुस्ताङको प्रवेश क्षेत्र भएकाले पनि उनिहरूले पर्यटकलाई एक दिनसम्म अल्झाउने अभियानमा लागेका हुन् । हालै मात्र होटलको क्षमता विस्तार गरेकी वर्ल्ड कमला होटलकी सँचालिका सुष्मा हिराचनले भुरुङतातोपानीमा दैनिक ५ सयको पर्यटक बस्ने सक्ने क्षमताका होटल भएकाले यहाँ सम्म पर्यटकलाई ल्याउन सामुहिक प्रयासका काम भइरहेको बताईन् ।
र्
पर्यटकीय घोडेपानी, शिखघार, मुस्ताङ लगायतका ठाउँबाट पर्यटकहरु भुरुङतातोपानीमा एकदिनका लागि बस्ने गर्दछ । कालीगण्डकीको किनार रहेको प्राकृतिक तातोपानी त्यहाँको मूख्य आकर्षा हो । कुण्डमा स्नान पछि छालाका रोगका साथै थकाई मेटिने स्थानियबासिन्दाको विश्वास रहेको छ । ‘ कुण्ड पर्यटकको पहिचान हो ।’ कुण्डका सँचालक प्रेम तुलाचनले बताए । पर्यटन बर्षआउन लागेको भन्दै स्थानियबासिन्दाले दैनिक सरसफाई गर्ने गरेको उनले बताए । तातोपानीमा थाईल्याण्ड, अमेरिका, अस्ट्रेलिया, इग्ल्याण्ड लगायतका देशबाट पर्यटकहरू अत्याधिक आउने गर्दछन् । सरकारले हालै नयाँ पदमार्गको रुपमा घोषणा गरेको नार्चिङ-नागी पदमार्ग र पर्यटकीय गाउँ नारच्याङको प्रवेशद्धारको रुपमा भुरुङलाई लिईन्छ । पर्यटन मन्त्रालयले राखुपिप्ले १ घुमाउनेतालबाट सुरु भई पर्वतका दर्ुइ गाविसलाई समेट्ने गरी करिब ६० किलोमिटर नयाँ पदमार्ग खुल्ला गरेको थियो । उक्त रुटसँगै सिन्धुपाल्चोकको पाँचपोखरी-भैरवकुण्ड र बाग्लुङको ढोरपाटन पदमार्ग पनि खुल्ला गरेको थियो । ‘हामी यस्ता पर्यटकीय क्षेत्रको विकासमा लागि परेका छौ ‘म्याग्दी उद्योग बाणिज्य सँघको अध्यक्ष र्सर्ुयप्रसाद मर्सर्ााले बताए । यसक्षेत्रमा प्रवेश गर्ने पर्यटकका लागि सामुदायिक लज समेत निर्माण गरिएको उनले बताए । पर्यटन मन्त्रालयले घोषणा गरेका रुटको प्रचारप्रसार गर्ने पर्यटन ब्यवसायीले बताएका छन् 

जिल्लाभित्र चोरी भएका मोटरसाइकलहरू नियन्त्रणमा


जिल्ला प्रहरी कार्यालय म्याग्दीले बिभिन्न समयमा जिल्लाभित्र चोरी भएका मोटरसाइकलहरू नियन्त्रणमा लिएको छ ।
प्रहरीले ग ३ प ३८२८ र बा ४ प १०० नंवरका पल्सर मोटरसाइकल सोमबार र्सार्वजनिक गरेको हो । मोटरसाइकल र्सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नवराज भट्टले जिल्लाबाहिरबाट चोरी गरि यहाँ ल्याएको अवस्थामा प्रहरीले ति मोटरसाइकल बरामद गरेको बताउनुभयो ।
चोरी गरेर ल्याएका मोटरसाइकलमा नयाँ तथा नम्कली नंवर प्लेट राख्नुका साथै रङ परिवर्तन गरि चलाएको अवस्थामा प्रहरीले फेला पारेको प्रहरी निरिक्षक महेन्द्र बिकले बताउनुभयो ।
जिल्लामा त्यस्ता गिरोहहरू सक्रिय रहेको हुनसक्ने भन्दै सञ्चारकर्मीलाई त्यस्ता सङ्कास्पद मोटरसाइकल तथा जस्तासुकै सवारी साधनहरू देखेमा पनि जानकारी गर्राई प्रहरीलाई सहयोग गर्न अनुरोध गरेका छन् ।
र्सार्वजनिक गरिएका मोटरसाइकलहरू सम्वन्धित व्यक्तिहरूलाई बुझाउनका लागि पहल गरिने प्रहरी कार्यालयले जनाएको छ ।

Monday, 27 December 2010

पछिल्लो समय माछा पालन तर्फ आर्कषित हुन थाले

म्याग्दी पुष १२ । म्याग्दीका कृषकहरु पछिल्लो समय माछा पालन तर्फ आर्कषित हुन थालेका छन् । जिल्लाको विभिन्न गाविसका साथै आसपासका क्षेत्रमा रहेका जग्गामा राम्रो आम्दानी हुने भएपछि यो व्यवसाय तर्फ आर्कषित भएका हुन ।
स्थानीय सातजना व्यवसायी मिलेर गतवर्षदेखि शुरु गरेको सामुहिक माछापालनले राम्रो कमाई हुन थालेपछि अहिले यो पेशामा लाग्नेको संख्या दिनप्रति दिन बढ्दै जान थालेको छ ।
कम लगानीमा राम्रो आम्दानी हुने भएपछि एकल र सामुहिक व्यवसायमार्फत माछा पालनको सुरुवात गरिएको युवा कृषक तथा म्याग्दी माछापालक समुहका सदस्यहरुले बताएका छन् । करिव ७ लाखको लगानीमा सुरु गरिएको माछा पालन व्यवसायले राम्रो बजार लिन सफल भएपछि एक वर्षमा दुइ लाखभन्दा बढि आम्दानी गरिसकेको युवा व्यवसायी अजयमिलन श्रेष्ठले बताए । उनले भने ‘सामान्य लगानीमा राम्रो आम्दानी हुन थालेपछि यो व्यवसायलाई विस्तार गर्ने योजना बनाएका छौ ।’ अहिले उपभोक्ताहरु माछा लिनका लागि पोखरीमै आउन थालेपछि उनिहरुले करिव २५ क्वीण्टल भन्दा बढि माछा विकि्र गरिसकेका छन् ।
समुहमा मिलेर काम गर्नसकेमा सोचेभन्दा राम्रो आम्दानी हुने भएपछि म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विजयकुमार श्रेष्ठ स्थानीय युवाहरु नारायण श्रेष्ठ चन्द्रप्रकास बराइली अजयमिलन श्रेष्ठ बाबुराम आचार्य लगायतका युवाहरुले सामुहिक व्यवसायको बिस्तारस्वरुप कुखुरा बंगुर तथा हाँस समेतको व्यवसायिक पालन शुरु गरेका छन् ।
जिल्लामा अहिले करिव ५० भन्दा बढी किसानहरुले सामुहिक तथा एकल माछा पालना गरिरहेको र ति मध्ये अधिकांस युवाहरु रहेको जिल्ला कृषिविकास कार्यालय म्याग्दीले
जनाएको छ 

Sunday, 26 December 2010

धौलागिरि अञ्चलका ४ जिल्लाका ७४ ओटा सहकारी खारेज हुने


म्याग्दी, ११ पुष
सहकारी डिभिजन सहकारी कार्यालय बागलुङले लामो समयदेखी निष्त्रिmय रहेको भन्दै धौलागिरि अञ्चलका ४ जिल्लाका ७४ ओटा सहकारी खारेज गर्ने भएको छ । सहकारीको नियम अनुसार सञ्चालन नभएको भन्दै अञ्चलका ४ बटै जिल्लाका सहकारी कारवाही गर्ने भएको हो । खारेज हुनेमा पर्वतका ४०, बागलुङका २७, म्याग्दीका ४ र मुस्ताङका ३ सहकारी रहेका छन् ।
खारेजीमा पर्ने सहकारीमा म्याग्दीको बावियाचौरमा रहेको किसान बहुउदेश्यीय सहकारी संस्था,कालिगण्डकी बहुउदेश्यीय सहकारी संस्था भुरुङतातोपानी,सयपत्री महिला सहकारी संस्था शिख, श्रमिक बचत तथा ऋण सहकारी संस्था अर्थुङे,त्यस्तै मुस्ताङ जिल्लाको निलगिरि बहुउदेश्यीय सहकारी संस्था जोमसोम, कालिबराही सहकारी लेते र मुस्ताङ सहकारी जोमसोम रहेको डिभिजन सहकारी संस्था बाग्लुङका प्रमुख विष्णुप्रसार सुवेदीले बताउनुभयो । खारेजमा धौलागिरिको पहिलो सहकारी रुपमा स्थापना भएको कालिका सहकारी संस्था बागलु पनि परेको छ । खारेजमा पर्ने सहकारीले ३५ दिन भित्र सवै बिबरण पेश गर्न निर्देशन गरिएको बताइएको छ ।
खारेजीमा पर्ने सहकारीहरुले सहकारी ऐन २०४८ को दफा ३४ बमोजिम लेखा परिक्षण प्रतिवेदन, नाफा नोक्सानको विवरण,सञ्चालक समितिको नामावली विवरण कार्यालयमा पठाउन निर्देशन गरिएको छ । सहकारी संञ्चालकहरुले तोकिएको समयमा सवै बिवरण पेश नगरेमा निष्त्रिmय रहेको मानेर सहकारी ऐन २०४८ को दफा ४१ उपदफा ३ बमोजिम दर्ता खारेजी गर्ने भएको हो । आगामी बर्षदेखि सहकारीको अनुगमनलाई प्रभावकारी बनाउने समेत बताइएको छ ।
डिभिजन सहकारी कार्यालय बागलुङका अनुसार बागलुङमा २ सय ५८र्,पर्वतमा १ सय ७८,म्याग्दीमा १ सय २९ र मुस्ताङमा १७ ओटा सहकारी गरि धवलागिरिमा अहिलेसम्म ५८२ वटा सहकारी सञ्चालनमा रहेका छन् । खारेजीमा पर्ने अधिकांस सहकारीले दर्ता गरेको भएपनि आर्थिक कारोवार का साथै कुनैपनि काम नगरेको पाइएको डिभिजन सहकारी कार्यालयले जनाएको छ 

Wednesday, 22 December 2010


गत बर्षको खाना महोत्सवको निरन्तर स्वरुप आगामी पौष २९ देखि माघ तिन गते सम्म म्याग्दीमा सडक खाना महोत्सवको आयोजना हुने भएको छ ।
बुधबार उद्योग वाणिज्य संघ म्याग्दीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्थानिय उत्पादनको प्रचारप्रसारका साथै पर्यटन बर्ष २०११मा जिल्लाका विभिन्न क्षेत्रमा पर्यटकहरुलाई पुर् याउन खाना महोत्सवलाई निरन्तरता दिइएको आयोजक म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यम विकास समितिकी अध्यक्ष ताराकुमारी भण्डारीले बताउनुभयो ।
खाना महोत्सवमा म्याग्दीमा उत्पादन हुने विभिन्न बस्तुका साथै छन्त्यालनेवारी र गुरुङ खानाका परिकारका साथै मुस्ताङी बिशेषता बोकेका स्याउ र याकको सुकुटीसहित छन्त्याल र गुरुङको जातिय खानालाई समेत प्राथामिकता दिने जनाएको छ ।

महोत्सबको उद्देश्य जैबिक खानाको प्रचार आन्तरिक पर्यटन र स्थानिय ब्यापारको प्रबद्र्धन गर्नु रहेको बताइएको छ । महोत्सव बेनीबजारको हुलाक चोक देखि विरेन्द्रचोक सम्म सचालन गरिने महोत्सबमा आधुनिक स्वेदेशी तथा बिदेशी खाना पनि प्रदर्शनीमा राखिने प्रचारप्रसार संयोजक सुनिता केसीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा कार्यक्रममा नेपाल उद्योग बाणिज्य महाँसंघका केन्द्रीय सदस्य प्रमोदकुमार श्रेष्ठ म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद मसा्रनी प्रथम उपाध्यक्ष बिजयकुमार श्रेष्ठ दितिय उपाध्यक्ष कुबिरकुमार श्रेष्ठ महिला उद्यम विकास समितिका पदाधिकारीका साथै जिल्लामा कृयासिल पत्रकारहरुको सहभागिता रहेको थियो 

कल्लेनीमा भिरबाट लडेर एक जनाको मृत्यु


म्याग्दीको मराङ गाविस ३ कल्लेनीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
कल्लेनी भिरबाट लडेर स्थानीय ५३ वषिर्य प्रेमबहादुर पुनको मृत्यु भएको हो । कल्लेनीमा आयोजीत पुन मगरहरूको मण्डली पुजामा सहभागि भएर घर र्फकने क्रममा मंगलबार राती उनी भिरबाट खसेका थिए ।
कल्लेनी प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका पुनको शव बुधबार बिहान भेटीएको विद्यालयका प्रअ भेषनाथ गौतमले जानकारी दिनुभयो

धौलागिरीका म्याग्दी,बाग्लुङ र पर्वतमा सिमकार्ड लिनेको भिड


म्याग्दी,पौष ७ गते
नेपाल दुरसंचार कार्यालय धौलागिरीले सस्तो मुल्यमा प्रिपेड मोवाईलको सिमकार्ड वितरण गर्न थालेपछि धौलागिरीका म्याग्दी,बाग्लुङ र 
 पर्वतमा सिमकार्ड लिनेको भिड लागेको छ ।दुरसंचार कार्यालयले २ सय रुपैयामा प्रिपेड मोवाईलको सिमकार्ड वितरण गर्न थालेपछि दुरसंचार कार्यालयमा सिमकार्ड लिनेहरुको भिड लागेको हो ।

आइतवार पहिलो दिन धौलागिरी अञ्चलका तीन जिल्लावाट ५ हजार ४ सय १५ थान बितरण भएका छन् । पर्वतवाट १८ सय ५०, बाग्लुङ्गवाट २२ सय ४५ र म्याग्दीवाट १३ सय २० थान भएका हुन् । सस्तो शुल्कमा सिमकार्ड पाईने भएपछि र्सवसाधारणहरुको निकै भिड बढेको छ । गाउँ गाउँबाट विहानैदेखि आएर लाईनमा बसेर र्सवसाधारणहरुले सिमकार्ड लिएको कार्यालयहरुले जनाएका छन् । २ सय रुपैयामा पाईने सिमकार्डमा १ सय रुपैया ब्यालेन्स जम्मा हुने गर्दछ । सिमकार्ड लिएको तीन महिना भित्र सेवा शुचारु गरिसक्नुपर्ने टेलीकम म्याग्दीले जनाएको छ ।माग भएअनुसारका सिमकार्ड वितरण गरिने दुरसंचार कार्यालय म्याग्दीका सहायक प्रमुख इश्वरी आचार्यले जानकारी दिनुभयो । आइबार जस्तै सोमबार पनि विहानै देखि निकै भिड बढेको उहाँले बताउनुभयो । गाउँगाउँमा टेलिकमले नमस्तेको टावर विस्तार गरेपछि अधिकांस र्सवसाधारणले यसको प्रयोग गर्ने गरेका छन् ।
सिमकार्ड लिन ग्रामीण क्षेत्रका वासीन्दाहरुको आकर्षा बढिरहेको छ । यस अघि धौलागिरीका चार जिल्लामा ६० हजार भन्दा बढि प्रिपेड मोवाईलका सिमकार्डहरु संचालनमा आइसकेका छन् । टेलीकमले दर्ुगम गाउँहरुमा पनि सेवा विस्तार गरेकाले बजार क्षेत्रभन्दा दर्ुगम गाउँवाट आउने र्सवसाधारणको भिड बढि रहेको छ ।
अहिलेसम्म ११ सय ३५ रुपैयामा वितरण हुँदै आएको प्रिपेड मोवाईलको सिमकार्ड अवदेखि जनताको चाहाना र माग अनुसार २ सयमा वितरण हँुने भएकाले हतार नगर्न दुरसंचार कार्यालय म्याग्दीले ग्राहकहरुलाई आग्रह गरेको छ 

Tuesday, 21 December 2010

एक जुट भई जनचेतना जगाउनुपर्नेमा सहभागिले जोड

म्याग्दी पुष ६ । समाजमा रहेका अन्धविश्वास र गलत मान्यतालाई अन्त्य गर्न सकेमा मात्र सामाजिक अपराधलाई न्युनिकरण गर्न सकिने सोमबार म्याग्दीको भुरुङ तातोपानीमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागिले बताएका छन् । 
नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाको अगुवाईमा स्थापना भएको निलगिरि आमा समुहका सदस्यहरुले बोक्सीछुवाछुत लगाएतका मान्यताले समाजलाई विभाजन गरेको भन्दै यस्ता संस्कारको अन्त्य गर्न सवै एक जुट भई जनचेतना जगाउनुपर्नेमा सहभागिले जोड दिएका थिए । उनिहरुले एचआईभी एड्समानव बेचविखनसमाजिक भेदभावका अधिकांस घटनामा महिला पिडित हुने गरेको भन्दै गाउँगाउँमा जनचेतना जगाउन सकेमा यस्ता घटनालाई रोकथाम गर्न सकिने समेत बताएका थिए ।
कार्यक्रममा समुहकी संयोजक जगदेवी रिातजाले विपन्नबर्गका महिलाहरुलाई समुहमा आवद्ध गराई सिपमुलका कार्यक्रम साचालन गर्नुका साथै कोषमा रहेका बचत लगानी गरिरहेका बताइन् । सो कार्यक्रममा समुहका १५ जना महिलाको सहभागिता रहेको थियो । समुहले २६ हजार आर्थिक संकलन गरि विभिन्न रोजगारका साथै ब्यवसायमा लगानी समुहका कोषाध्यक्ष हरिकला रानाले बताइन् ।
महिलाहरुले गाउँगाउँमा लाग्ने मेलाका साथै टोलटोलमा विभिन्न जनचेतना जगाउने कार्यक्रमहरु साचालनका साथै गाउँमा हुने मेलाजात्रामा देखापर्ने बिकृतीलाई रोक्नका लागि अभियान नै चलाएका छन् ।