Sunday 2 January 2011

९५ प्रतिशत खानेपानी आयोजनाहरुको गुणस्तर खस्किएको

 पुष १८ ।सरोकारवाला निकायको नियमित अनुगमन नभएका कारण मुलुकभरका करिव ९५ प्रतिशत खानेपानी आयोजनाहरुको गुणस्तर खस्किएको म्याग्दीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । बेनी खानेपानी तथा उपभोक्ता समितिले आइतबार सदरमुकाम बेनीबजारको मंगलघाटमा आयोजना गरेको खानेपानी सुद्धिकरण तथा अनुगमन विषयको अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले खानेपानीको अनुगमन मात्रै गर्ने हो भनेपनि मुलुकभर वर्षेनी फैलने महामारी ७० प्रतिशत सम्म रोक्न सकिने बताए ।
कार्यक्रममा बोल्दै बेनी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले समयमै उपकरणका साथै पुर्वाधारका बारेमा जानकारी पाएमा स्थानीय उपभोक्ताहरुले नै खानेपानीको सुद्धिकरण गर्नसक्ने बताए ।
त्यस्तै खानेपानीका गुणस्तर बिशेसज्ञ भोला पौडेलले मुलुकभरका खानेपानी परियोजनाका मुहानदेखि मानिसको मुखसम्म पानीको सुद्धिकरण हुनुपर्नेमा उपभोक्ता सचेत नभएका कारण हरेक क्षेत्रमा समस्या परेको भन्दै उपभोक्ता सामान्य मात्रै सचेत भएमा सबै समस्या समाधान हुने बताए ।
कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद मसा्रनी खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय म्याग्दीका प्रहुख तथा इन्जिनियर शिवप्रसाद श्रेष्ठ नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठ स्थानीय समाजसेवी हरिकुमार श्रेष्ठलगायतका व्यक्तिहरुले खानेपानीको गुणस्तरता बृद्धि गरेमा बिभिन्न संक्रमणबाट जोगिनसकिने बताएका थिए ।
कार्यक्रम बेनी खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष सुवासकुमार श्रेष्ठको सभापतित्व सदस्य तुलसीलता श्रेष्ठको स्वागत मन्तव्य र सचिव माधव रेग्मीको साचालनमा सम्पन्न भएको थियो 

No comments:

Post a Comment