Monday 10 January 2011

दुइ बालिकाको हत्यारालाई प्रहरीले र्सार्वजनिक गरिएको छ


म्याग्दी, पुष २६ गते
पाँप धुरीबाट कराउँछ भने जस्तै २०६६ जेठ २१ गते म्याग्दी रत्नेचौर गाविस स्थित अर्जम गाउँमा बलात्कार पछि हत्या गरिएका दुइ बालिकाको हत्यारालाई प्रहरीले र्सार्वजनिक गरिएको छ ।
पत्रकार सम्मेलनमा ९ बर्षी सपना नेपाली र उनकी साथी १० बषियाँ गंगा नेपालीलाई सोही गाउँका कृष्णबहादुर दमाईले जंगलका रहेका ढुङगा खानीमा बलात्कार पछि हत्या गरेको खुल्न आएको छ । घटना भएको लामो समयपछि प्रहरीले स्थानियबासिन्दाको सुराकीका साथै हुलियाका आधारमा पक्राउ गरिएको बताइएको छ ।पत्रकार सम्मेलनमा प्रहृरीले घटना पश्चात अनुन्धानका क्रममा आफ्नो तर्फाबाट केही कमजोरी भएको समेत स्वीकारेको छ । घटनापछि अनुसन्धानका क्रममा भएका स्थलगत अध्ययन समेत बारेमा प्रहरी नायव उपरिक्षक नवराज भट्टले बताए । भट्टले भने,’ समयमै अपराधिलाई नियन्त्रणमा लिन नसक्नुमा प्रहरीको केही कमजोरी देखिएको छ ।’ घटनापछि दमाईले गरेका गतिविधिले पेसेवर अपराधी जस्तो देखाउँछ
 दमाईले प्रयोग गरेका कपडा,गतिविधि र अनुसन्धानले बालिकाको बलात्कारपछि हत्या गरेको देखाएको छ ।यसैविच अनुसन्धानका क्रममा दमाई पेशेवर अपराधी भएको समेत खुलेको छ । उनले आफ्नै आमालाई जवरजस्तीको प्रयासका साथै भारतमा समेत विभिन्न अपराधका घटनामा संलग्न भएको प्रहरी निरिक्षक महेन्द्र विकले बताए । उनले भने,’ क़केन्द्रबाट प्राप्त गरेको परिक्षण अनुसार बालिकाको हत्यापछि पनि बलात्कार गरेको देखाउँछ ।’

नेपालको कानुनमा जवरजस्ती करणी मुलुकी ऐन २०२० को महल अनुसार १० देखि १४ बर्षो उमेका बालिकालाई जवरजस्ती गर्नेलाई ८ देखि १२ बर्षम्म कैद हुने प्राबधान रहेको छ 

No comments:

Post a Comment