Thursday 6 January 2011

खानेपानीमा आत्याधिक मात्रामा ब्याक्टेरिया किटानु फेला

म्याग्दी पुष २२ । सदरमुकाम बेनी र आसपासका क्षेत्रमा बितरण गरिएकॊ खानेपानीमा आत्याधिक मात्रामा ब्याक्टेरिया किटानु फेला परेको छ । बजारनजिकै रहेको बराहपाखो सामुदायिक वनका बिभिन्न क्षेत्रको मुलबाट जम्मा गरि बजार तथा मंगलघाट क्षेत्रमा बितरण गरिएको पानीमा ब्याक्टेरियाका जिवाणु फेलापरेको केन्द्रीय निरिक्षण टोलीले जानकारी दिएको हो ।
शुद्ध खानेपानीको प्रयोग गर्ने उद्देश्यका साथ नेपाल सरकार खानेपानी गुणस्तर सुधार तथा अनुगमन शाखाले देशका विभिन्न जिल्लामा वितरण गरिएको खानेपानीको अनुगमनका साथै परिक्षण गर्ने क्रममा अर्थुङ्गे गाविसको वडा नंवर २ को बराहपाखो सामुदायिक वनले वितरण गर्दैआएको पानीमा ठुलो परिणामा किटाणु देखिएकाले पिउनयोग्य नभएको खानेपानी विशेषज्ञ भोला पौडेलले
बताए ।
वितरण गरिएको पानीको मुहानमा हिलोपनका साथै विभिन्न किटाणु फेला परेकाले आवश्यक सुरक्षा अपनाउनुपर्नेमा समेत उनले जोड दिए । यता बराहपाखा सामुदायिक वनका अध्यक्ष कुलप्रसाद श्रेष्ठले पानीमा किटाणु देखिएकाले समान्य पिउने बाहेक अन्य काममा मात्र प्रयोग गर्न उपभोक्तलाई आग्रह गरेका छन् । सो क्षेत्रबाट विगत आठ वर्षदेखि बेनीबजार र मंगलाघाट क्षेत्रमा पानी वितरण हुँदैआइरहेको छ ।

No comments:

Post a Comment