Wednesday 5 January 2011

तातोपानी कुण्डमा नुहाउने सर्वसाधारण वृद्धि

 म्याग्दी पुष २१ । व्यवस्थित तातोपानी कुण्ड निर्माण भएपछी म्याग्दीको सिङ्गा गाविस स्थित कुण्डमा नुहाउने  संख्यामा वृद्धि भएको छ । गत भदौदेखी हिजो पुष २० गते मंगलबारसम्म ३ हजार १ सय ४३ तातोपानीमा नुहाउन आएको कुण्ड व्यवस्थापन समितीका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए ।
चर्म रोग लगायत हाड जोर्नी नसा तथा ग्यास्टीक रोगको निदानमा प्रभावकारी उपचार हुने भएकोले सर्वसाधारण कुण्डमा नुहाउन जान थालेका हुन । यस कुण्डमा स्नान गरेका कतिपय विरामीहरुले देशका ठुला -ठुला अस्पतालमा समेत निको नभएको रोग यस त्ातोपानी कुण्डमा स्नान पछि निको भएको बताएका छन ।यस वर्ष कुण्डमा स्नान गर्नेहरुबाट शुल्क मात्रै २४ लाख ६३ हजार आठसय ६० रुपैयाँ संकलन भएको र कुण्ड व्यवस्थापनमा १६ लाख ९४ हजार ७५ रुपैया खर्च भएको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
करिव दुईसय जनाले एकैपटक स्नान गर्न सक्ने क्षमताको कुण्डमा सर्वसाधारण तथा विरामीहरुको मागलाई मध्यनजर गर्दै धर्मशाला तथा आवास निर्माण गर्ने गुरुयोजना बनाईएको समतिका अध्यक्ष शाक्यले जानकारी दिए ।
कुण्ड व्यवस्थापन समितिले प्रत्येक व्यक्ति १५ दिनसम्म लगातार कुण्डमा स्नान डुबे बापत १ सय रुपैया शुल्क निर्धारण गरेको छ । यसैविच नेपाली सेना वज्रदल गण अर्थुङ्गेले कुण्डमा सरसफाई गरेको छ । सेनानी भोज वहादुर वस्नेतको नेतृत्वमा ६० जना नेपाली सेनाका जवानहरुले सरसफाई गरेको तातोपानी कुण्डले जनाएको छ ।
पर्यटनवर्ष २०११ लाई लक्षित गरि कुण्डमा नुहाउन आउनेहरुलाई सहज र सफा वातावरणमा नुहाउने अनुकुलताको विकास गर्नका लागि कुण्डको सरसफाई गरिएको सेनानी कार्कीले बताए 

No comments:

Post a Comment