Sunday 2 January 2011

संबिधानमा बहुलबाद नलेखिए संबिधान नबन्ने


नेपाली काग्रेसका केन्द्रिय सदस्य गगन थापाले संबिधानमा बहुलबाद नलेखिए संबिधान नबन्ने बताउनुभएको छ ।
तरुण दल म्याग्दीले आज म्याग्दीको ३५ औं मेलमिलाप दिवसको अवसरमा आयाृजना गरेको बृहत तरुण भेलालाई सम्बोधन गर्दै थापाले एकिकृत नेकपा माओबादीका नेताहरूले बहुलबाद लेखिए संविधान लेख्न नहुने अडान लिइरहेको बेला कांग्रेस उक्त बिचारमा कुनैपनि हालतमा सहमत नहुने बताउनुभयो ।
भेलालाई सम्बोधन गदै थापाले जातिय राज्यले देशलाई बिखण्डनतर्फडोर्‍याउने सिबाय अरु केहि नहुने भएकोले माओबालीले त्यस्तो कुरा गर्नु केवल दिवा सपना मात्रै भएको जिकिर गर्नुभयो ।

सेना समायोजन समयमै नभए माओबादीका बिरुद्ध नै लडाकु उत्रने दाबी गदै थापाले शान्ती र संबिधानको पक्षमा माओबादी नउभिए माओबादी फुट्ने समेत दाबी गर्नूभयो । शान्ती र संबिधानका लागि दलहरुबिचको एकता आवश्यक रहेको भन्दै माओबादीले जातिय राज्यको नारा लिएर देशलाई टुक्राउन खोजेको पनि आरोप लगाउनुभयो ।
उहाँले जातिय राज्य अबैज्ञानिक, अव्यवहारिक र अस्थिर राजनीति बाहेक केहि हुन नसक्ने ठोकुवा गर्दै त्यस्तो कुराले मुलुक कहिल्यै अग्रगतीमा जान नसक्ने बताउनुभयो । माओबादीले १८ वर्षउमेर पुगेका नेपाली नागरिकलाई सैन्य तालिम दिनुपर्ने र नेपाली कांग्रेसले १८ वर्षपुगेका नागरिकलाई उच्च शिक्षा र रोजगार दिनुपर्ने कुरामा अडिक भएका कारण संविधानका कतिपय कुरामा समस्या सृजना भएको बताउनुभयो ।
एकिकृत माओबादीले शिविरमा रहेका लडाकुलाई आफ्नो सरकार गठन नहुने बेलासम्म समायोजन गर्न नचाहेको कुरा सोहि पार्टि ठुल्ठुला नेताहरूबाट खुलासा भएको भन्दै थापाले शिविरका लडाकुलाई छिटै समायोजन गरिनुपर्ने कुरामा जोड दिनुभयो ।
भेलालाई नेपाल तरुण दलका केन्द्रीय महाँसचिव पुस्प पराजुली, सचिव इश्वर मानन्धर, नेपाली कांग्रेस म्याग्दीका सभापती रेशमबहादुर बानियाँ लगायतका नेताहरूले सम्बोधन गरेका थिए । तरुण दलको युवा सम्मेलन कार्यकर्ताहरूको प्रशिक्षण सहित शनिबार समापन हुने कार्यक्रम रहेको छ 

No comments:

Post a Comment