Wednesday 29 December 2010

दुध ढुवानी गर्न नसक्दा समस्या सृजना


म्याग्दी, १४ पुष
आफ्नै घरमा पालेका गाइभैंसीको दुध बेचेर परिवारको खर्च धान्नका लागि हजारौं रुपैयाँ खर्चेर त्यस पेशातर्फलागेका म्याग्दी र पर्वतका किसानहरूलाई सहज तरिकाले दुध ढुवानी गर्न नसक्दा समस्या सृजना हुनेगरेको छ ।
गाउँमा सडक यातायात पुगेको भएपनि आवश्यक परेका बेला यातायातका साधन उपलब्ध नहुँदा र भएपनि भाडादर निकै महंगो भएका कारण म्याग्दीको राखुपिप्ले, दग्नाम, पाखापानीका साथै पर्वतको लेखफाँटका किसानहरूलाई दुध बिक्रिका लागि दैनिक चारदेखि छ घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
गाउँमा मोटरबाटो पुगेको भएपनि नियमीत गाडि नचल्दा दूधको भारी बोकेर बेनी पुग्नुपर्ने बाध्यता दैनिकी बनेको लेखफाँटका किसान कृष्णप्रसाद सुवेदीले बताए । विद्युतको अभावमा दूध संकलन केन्द्र स्थापना गर्न नसकिएकाले समस्या परेको किसानहरूले गुनासो गरेका छन् ।
विद्युतीकरणका लागि गाउँभरी लाईन जडान भएको एक वर्षपुगेपनि अहिलेसम्म अधिकाँस गाउँमा बिजुली बलेको छैन ।
त्यस्तै सोही गाउँका किसान श्यामप्रसाद सुवेदीले विद्युत अभावमा दूध संकलन केन्द्र स्थापना हुन नसक्दा बजारीकरण गर्न समस्या परेको बताए ।

No comments:

Post a Comment