Tuesday 11 January 2011

बेनी-दरवाङ सडक खण्डमा एक साता देखि सडक अबरुद्ध


म्याग्दी बेनी २७ पुस
जिल्लाको पश्चिम भेग जोड्ने बेनी-दरवाङ सडक खण्डमा पर्ने बावियाचौर गाविसको रनबाङ देखि माथिको सडक मर्मत गर्न लागिएकाले विगत एक साता देखि सडक अबरुद्ध भएको छ ।
जिल्ला विकास समिति म्याग्दी अन्तरगत रहेको विकेन्द्रीकृत ग्रामिण पुर्वाधार विकास कार्यक्रम -ड्रिलिप) ले सडकको स्तरोन्ती गर्न लागेकाले सडक अबरुद्ध भएको हो । सडक अबरुद्ध हुदा पश्चिम भेगका बासिन्दालाई दैनिक उपभोग्य बस्तुको ढुवानीमा समस्या भएको छ ।
समयमै सडक मर्मत गर्न नसक्दा खाद्यन्नका साथै मुल्यमा बृद्धि भएको स्थानिय बासिन्दाले बताएका छन् । छिटै सडक सुचारु नभएमा समस्या हुने भएकाले यस तर्फध्यान दिन ब्यापारीले आग्रह गरेका छन् । पश्चिम म्याग्दीका साथै बाग्लुङका केही गाविसमा दरवाङबाट सामान निर्यात हुने गरेकोले सडक सञ्चालन नहुदा ग्रामीण भेगमा खाद्य संकट पर्न सक्ने बताईएको छ

No comments:

Post a Comment