Wednesday 29 December 2010

 म्याग्दी पुष १४ । नीजि श्रोतको शिक्षक नियुक्तिको विषयमा बिबाद भएपछि म्याग्दीको अर्थुङ्घे गाविस वडा नंवर ७ मा रहेको थाकनपोखरी निम्न माध्यमिक विद्यालयमा स्थानीय युवाहरुले बुधबारदेखि अनिश्चितकालिन तादाबन्दी गरेका छन् । विद्यालयमा शिक्षकको पदपुर्ती गर्नका लागि आव्हान गरिएको सुचनामा निष्पक्ष तरिकाले दक्ष जनशक्ति ल्याइने भनेर प्रचारबाजी गरिएको भएपनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतका पदाधिकारीहरुले नाताबाद र कृपाबादका आधारमा नियुक्ति गरेको आरोप युवाहरुले लगााएका छन् ।
विद्यालयमा बुधबार बिहान भेला भएका युवाहरुले शिक्षक नियुक्तिको प्रकृयालाई बदर व्यवस्थापन समितिमा युवाहरुको प्रतिनिधित्व लगायतका माग पुरा नभएसम्म विद्यालयको ताला नखोल्ने स्थानीय युवा बिमल रिजालले बताए । विद्यालयमा नया शिक्षकलाई स्थानीय श्रोतबाटै पारिश्रमीक दिनुपर्ने भएपछि स्थानीय दक्ष युवाहरुलाई पाखा लगाइएको आरोप समेत युवाहरुले लगाएका छन् ।
विद्यालयमा लगाइएको तालाको विषयमा विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद पौडेल र प्रधान अध्यापक शोभा पौडेलले भने कुनै प्रतिकृया दिएका छैनन् । युवाहरुका अनुसार विद्यालयको व्यवस्थापन समिति र प्रधान अध्यापकको मिलेमतोमा नातेदारलाई नियुक्त गरेका हुन् ।
यसै विषयका बारेमा स्थानीय स्तरमा टुङ्घो नलागेमा जिल्ला शिक्षा कार्यालयमा उजुरी दिने समेत तयारी गरिरहेको युवाहÂरुले बताएका छन् । तालाबन्दीपछि विद्यालयमा अध्ययनरत करिव एकसय जना विद्यार्थीहरुको पढाई प्रभावित बनेको छ 

No comments:

Post a Comment