Wednesday 29 December 2010

सामान्य विवादमा खुकुरी प्रहार

 म्याग्दी पुष १४ । सामान्य विवादमा खुकुरी प्रहार गर्दा म्याग्दीको कुहुं गाविसको पुर्णगाउमा एकै परिवारका तिन जना गम्भिर घाईते भएका छन् । बुधबार विहान करिव १० बजे कुहुं गाविस वडा नंवर १ पुर्णगउका डिलबहादुरअर्मजाले खुकुरी प्रहार गरि करिव ६३ वर्षिय तेजबहादुर बुढाथोकी उनकी ६० वर्षिया श्रीमती मनकुमारी बुढाथोकी र छोरी गुनमया बुढाथोकीलाईगम्भिर घाईते बनाएका हुन् ।
अर्मजाले तेजबहादुरको घरबाट केहि हप्ता अगाडी बन्चरो मागेर लगेको र सोहि बन्चरो माग्ने क्रममा तेरो बन्चरो मैले किन दिने भन्दै परिवारका सम्पुर्ण सदस्यहरुलाई एकाएक खुकुरी प्रहार गरेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
खुकरी प्रहार पछि डिलबहादुर अर्मजा फरार भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थल तर्फ गएको छ । खुकुरी प्रहार गर्ने डिलबहादुर अर्मजा पहिला मानसिक बिरामी भएको भएपनि केहि समय यतादेखि सामान्य अवस्थाका नै रहेको स्थानीयले बताए ।
घाइतेहरुलाई उपचारका लागि सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याइदैगरेको छ भने उनिहरुलाई कुनकुन स्थानमा चोट लागेको छ भन्नेकुरा भने खुल्नआएको छैन 

No comments:

Post a Comment