Tuesday 28 December 2010

म्याग्दीले रियल जुस म्याग्दीमा विक्री वितरण गर्न प्रतिवन्ध

म्याग्दी पुष १३ । उपभोक्ता हित संरक्षण मन्चको आग्रहमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रियल जुस म्याग्दीमा विक्री वितरण गर्न प्रतिवन्ध लगाएको छ । डावर नेपालको उत्पादन रियल जुसको उत्पादनमा नक्कली उत्पादन मितिको स्टीगर टाँसको पाईएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिल गरेपछि म्याग्दीमा विक्री वितरणमा प्रतिवन्ध लगाएको हो ।
रियल जुसमा नक्कली स्टिकर टाँसी वजारमा विकि्र वितरण भैरहेको पुष्टी भएपछि म्याग्दी स्थित उपभोक्ता हित संरक्षण मन्च नागरिक समाज व्यवसायी प्रहरी उपभोक्ता लगायत सरोकारवालाको अनुरोधमा प्रशासनले बिक्रीमा प्रतिबन्ध लगाएको हो ।
उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरि डावरले आफ्नो उत्पादन बजारमा ल्याएकाले अर्को सूचना जारी नहुँदासम्म बिक्री गर्न प्रतिबन्ध लगाईएको प्रहरी निरीक्षक महेन्द्र बिकले जानकारी दिनुभयो ।
यसैवीच डावर नेपालका उत्पादनहरुमा अखाद्य बस्तुहरु पाईएको र जनस्वास्थ्य माथि डावरले खेलबाड गरेको भन्दै धौलागिरीका अन्य जिल्लाहरुमा पनि रियल जुस बिक्री बितरणमा तत्कालै रोक लगाउनुपर्ने जनदबाव बढेको छ 

No comments:

Post a Comment