Saturday 18 December 2010

बेनीबजारमा साँघुरिँदै गइरहेको सडक

म्याग्दी, २ पुष
बढ्दो सवारी चापसंगै म्याग्दीको सदरमुकाम बेनीबजारमा साँघुरिँदै गइरहेको सडकलाई बिस्तार गर्न थालेको छ । बजारका बिभिन्न गल्ली तथा घुम्तीहरूमा सवारी साधनको चाप बढ्नुका साथै पछिल्लो समय दुर्घटनामा समेत बृद्धी हुन थालेका कारण त्यस्ता गतिविधिहरूलाई कम गर्न सडक बिस्तार गर्न थालिएको गाविसले जनाएको छ ।

स्थानीय राजनितिक दलका प्रतिनिधि, उद्योग बाणिज्य संघ म्याग्दीका पदाधिकारी तथा बिभिन्न सरोकारवाला निकायहरूको छलफलपछि गाविसले बिहिबारदेखि अस्पतालचोकबाट सडक बिस्तार गर्नथालेको छ । बजारमा जनघनत्वका साथै सवारी साधनहरूको चाप बढ्दैगएको र आवतजावतमा समस्या देखिएको गुनासो चारैतिरबाट आउन थालेपछि सडक बिस्तार गर्न थालिएको गाविस सचिव कृष्णबहादुर कार्कीले बताउनुभयो । पर्यटन बर्ष२०११ मा मुस्ताङ जानेसाथै म्याग्दी आउने पर्यटकहरुलाई सहज बनाउका लागि समेत सडक विस्तार अभियानलाई चुस्त बनाउने बताइएको छ । सुरुमा आग्रह गरिने त्यसपछि ब्यवास्ता गरेमा जवरजस्ती गर्ने निति समेत लिइएको छ ।
अस्पतालचोकबाट शुरु गरिएको सडक बिस्तार अभियानलाई बजारक्षेत्रका क्याम्पसचोक, बिरेन्द्रचोक लगायतका साथै अन्य स्थानहरूमा समेत सञ्चालन गरिने उद्योग बाणिज्य महाँसंघका केन्दीय सदस्य एवं स्थानीय उद्योगी प्रमोद श्रेष्ठले बताउनुभयो । गाविसले सडक बिस्तारको पहिलो पहिलो चरणमा सडक आसपासमा रहेका निर्माण सामाग्री, ग्याभिनजाली हटाउने अभियान थालेको र आगामी दिनमा सडकमा अवरोध सृजना हुनेखालका सम्पुर्ण साधनहरू हटाएर सडक खुल्ला र फराकिलो बनाउने योजना रहेको गाविसले जनाएको छ ।

No comments:

Post a Comment