Friday 17 December 2010

दुरसन्चार कार्यालय म्याग्दीको भवन निर्माण कार्यमा ढिलाई

 म्याग्दी पुष २ । नेपाल टेलीकम दुरसन्चार कार्यालय म्याग्दीको भवन निर्माण कार्यमा ढिलाई भएको छ । भवन निर्माण सुरु गरिएको लामो समय वितिसक्दा समेत निर्माणको जिम्मा लिएको कम्पनिले विभिन्न बाहना बनाउदै आइरहेकाले समयमै सम्पन्न हुन नसकेको हो ।
गत आर्थिक वर्षमै २ तले सम्पन्न गर्नुपर्ने भवन निर्माण गर्ने जिम्मेवारी लिएका निर्माण व्यवसायीले भने राजनैतिक दलका कार्यकताले अनावश्यक चन्दा माग्ने स्थानिय मजदुरको असहयोगका कारण समयमै निर्माण सम्पन्न गर्न नसकेको ठेकेदार चित्र गुरुङले बताउनुभयो ।
सदरमुकाम बेनीको वीरेन्द्रचोकमा गत बर्ष देखिनै निर्माण सुरु गरिएको भवनको हालसम्म करिव ६० प्रतिशत काम पनि सम्म हुन सकेको छैन् ।
निर्माणको क्रममा भवन ढलान गर्दा गुणस्तरहिन काम गरेको भन्दै केही समय निर्माणकार्य समेत अवरुद्ध भएको थियो ।
पहिलो तलाको सिलीङमा कमसलको गिट्टी सिमेन्ट र बालुवा लगायत सामाग्री राखिएको कारण भवन निर्माण सम्पन्न नहुदैं चुहीन थालेको भन्दै सरोकारवाला निकायले छानविनको माग गरेका थिए ।
टेलीकम क्षेत्रीय निर्देशनालय भैरहवाका सिविल ईिाजनियर बिना मल्ल र ओभरसीयर शिव गौलीको र निर्माण कम्पनीका प्रतिनिधी उपस्थितीमा भवन ढलान गरिएको भएपनि दुवै पक्षको लापरवाहीले भवनको पहिलो तलामा ९ वटा ठाउँमा प्वाल समेत फेला परेको थियो ।

No comments:

Post a Comment