Thursday 16 December 2010

उपाधि गलेश्वर युवा क्लबले जितेको छ


म्याग्दीको गलेश्वरमा बालाचतर्ुदशीको अवसरमा आयोजना गरिएको धौलागिरि अञ्चल स्तरिय भलिवल प्रतियोगिताको उपाधि आयोगक घतान गाविसको गलेश्वर युवा क्लबले जितेको छ ।
अञ्चलकै प्रमुख धार्मिक स्थलको रुपमा चिनिने घतान गाविसमा रहेको गलेश्वरधाममा गत सनिबार देखि सुरु खेलकुद अन्तरगतको बुधबार साझ सम्पन्न भएको फाईनल खेलामा म्याग्दीकै दोवा गाविसलाइ सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजेता गलेश्वर युवा क्लबले नगद २५ हजार १ सय ११ सहित मेडल शिल्ड र प्रमाणपत्र हातपारेको छ ।

त्यस्तै दोस्रो हुने दोवा गाविसको क्लबले नगद १५ हजार १ सय ११ सहति मेडल र प्रमाणपत्र हातपारेको छ । खुल्ला महिला भलीवल प्रतियोगीतामा म्याग्दी न्यूरोड बेनीले पर्वतको लोप्रेलाई पराजित गरी सिल्ड प्रमाणपत्र सहित नगद १० हजार १ सय ११ हात पारेको छ । दोस्रो हुने लोप्रेले नगद ७ हजार १ सय ११ र तेस्रो हुने माउण्ट एभरेष्ट आवासिय उच्चमाविले नगद ४ हजार १ सय ११ हात पारेको छ ।
त्यस्तै प्रतियोगितामा पुरुष बास्केटबलमा म्याग्दीको शिखलाई पराजित गरी कास्की पोखरा विजय भएको छ । पहिलो हुने काँस्कीले नगद २० हजार १ सय ११ र दोस्रो हुने शिखले १० हजार १ सय ११ रुपैया हात पारेका छन् । अञ्चल स्तरिय प्रतियोगितामा धौलागिरिबाट पोखरा गई बसोबास गर्नेको समेत सहभागिता रहेको थियो । कला र संस्कृतिको संरक्षण गर्नका लागि आयोजना गरिएको दोहोरीगीत प्रतियोगीतामा गलेश्वर आदर्श आवासीय मावि पहिलो भएको छ भने माउण्ट एभरेष्ट आवासीय उच्चमावि दोस्रो भएको छ । पहिलो र दोस्रो हुनेले क्रमश ५ हजार १ सय ११ र ३ हजार १ सय ११ रुपैयाँ नगद हात पारेका छन् ।

No comments:

Post a Comment