बेनीमा भएको बुद्धिजिविहरुको भेलाले सुर्ति नियन्त्रण सञ्जाल म्याग्दीको गठन गरेको छ ।
बेनीमा भएको भेलाले हर्रि्रसाद पौडेलको संयोजकत्वमा सुर्ति नियन्त्रण सञ्जाल म्याग्दी गठनभएको छ । सञ्जालको सदस्यहरुमा सुरज के.सी, सन्तोष गौतम, हरिकृष्ण गौतम, रेखा रेग्मी, कुसुम तीवारी, होमदेवी खत्री रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा यामकुमारी केसी, गोपाल छन्त्याल, कमला बानियाँ, हरि गिरी, कल्पना विक, खसिला गुरुङ, अगन्धर तिवारी र दिपक पौडेल रहेका छन् ।
सञ्जालको पहिलो बैठकले देशमा निर्माणाधिन नयाँ संविधानमा सुर्तिजन्य पदार्थ प्रयोगमा कडाइ भएको कानुन बनाउनु पर्ने निर्णय गरेको सञ्जालका सदस्य कुसुम तिवारीले बताएकी छन्
No comments:
Post a Comment