Monday 10 January 2011

म्याग्दीको जनकल्याणमा मावि पुलाचौरमा विद्यार्थीहरुले तालाबन्दी

म्याग्दी पुष २६ । म्याग्दीको जनकल्याणमा मावि पुलाचौरमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । पाँच वर्षदेखि बिद्यालयमा कार्यरत गणित शिक्षक टेकनारायण आचार्यलाई विद्यालय व्यवस्थापन समितिले विद्यालयबाट हटाएको भन्दै उनीहरुले हिजोदेखि अनिश्चितकालीन रुपमा तालाबन्दी गरेको जनाएका छन् । समितिले राजनीतिक पूर्वाग्रहका आधारमा शिक्षक आचार्यलाई हटाएको विद्यार्थीहरुको आरोप छ । उनीहरुले विद्यालयको प्रशासन र प्रधानाध्यापकको कक्षमा तालाबन्दी गरेको कक्षा दशका विद्यार्थी भुवन पौडेलले बताए । सदरमुकाम बेनीदेखि दुईघण्टाको पैदलदुरीमा पर्ने विद्यालयमा करिब तीनसय विद्यार्थी अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज पौडेलले भने समितिलाई लगाएको आरोप सत्य नभएको बताएका छन् 

No comments:

Post a Comment