Monday 27 December 2010

पछिल्लो समय माछा पालन तर्फ आर्कषित हुन थाले

म्याग्दी पुष १२ । म्याग्दीका कृषकहरु पछिल्लो समय माछा पालन तर्फ आर्कषित हुन थालेका छन् । जिल्लाको विभिन्न गाविसका साथै आसपासका क्षेत्रमा रहेका जग्गामा राम्रो आम्दानी हुने भएपछि यो व्यवसाय तर्फ आर्कषित भएका हुन ।
स्थानीय सातजना व्यवसायी मिलेर गतवर्षदेखि शुरु गरेको सामुहिक माछापालनले राम्रो कमाई हुन थालेपछि अहिले यो पेशामा लाग्नेको संख्या दिनप्रति दिन बढ्दै जान थालेको छ ।
कम लगानीमा राम्रो आम्दानी हुने भएपछि एकल र सामुहिक व्यवसायमार्फत माछा पालनको सुरुवात गरिएको युवा कृषक तथा म्याग्दी माछापालक समुहका सदस्यहरुले बताएका छन् । करिव ७ लाखको लगानीमा सुरु गरिएको माछा पालन व्यवसायले राम्रो बजार लिन सफल भएपछि एक वर्षमा दुइ लाखभन्दा बढि आम्दानी गरिसकेको युवा व्यवसायी अजयमिलन श्रेष्ठले बताए । उनले भने ‘सामान्य लगानीमा राम्रो आम्दानी हुन थालेपछि यो व्यवसायलाई विस्तार गर्ने योजना बनाएका छौ ।’ अहिले उपभोक्ताहरु माछा लिनका लागि पोखरीमै आउन थालेपछि उनिहरुले करिव २५ क्वीण्टल भन्दा बढि माछा विकि्र गरिसकेका छन् ।
समुहमा मिलेर काम गर्नसकेमा सोचेभन्दा राम्रो आम्दानी हुने भएपछि म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विजयकुमार श्रेष्ठ स्थानीय युवाहरु नारायण श्रेष्ठ चन्द्रप्रकास बराइली अजयमिलन श्रेष्ठ बाबुराम आचार्य लगायतका युवाहरुले सामुहिक व्यवसायको बिस्तारस्वरुप कुखुरा बंगुर तथा हाँस समेतको व्यवसायिक पालन शुरु गरेका छन् ।
जिल्लामा अहिले करिव ५० भन्दा बढी किसानहरुले सामुहिक तथा एकल माछा पालना गरिरहेको र ति मध्ये अधिकांस युवाहरु रहेको जिल्ला कृषिविकास कार्यालय म्याग्दीले
जनाएको छ 

No comments:

Post a Comment