Tuesday 28 December 2010

जिल्लाभित्र चोरी भएका मोटरसाइकलहरू नियन्त्रणमा


जिल्ला प्रहरी कार्यालय म्याग्दीले बिभिन्न समयमा जिल्लाभित्र चोरी भएका मोटरसाइकलहरू नियन्त्रणमा लिएको छ ।
प्रहरीले ग ३ प ३८२८ र बा ४ प १०० नंवरका पल्सर मोटरसाइकल सोमबार र्सार्वजनिक गरेको हो । मोटरसाइकल र्सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नवराज भट्टले जिल्लाबाहिरबाट चोरी गरि यहाँ ल्याएको अवस्थामा प्रहरीले ति मोटरसाइकल बरामद गरेको बताउनुभयो ।
चोरी गरेर ल्याएका मोटरसाइकलमा नयाँ तथा नम्कली नंवर प्लेट राख्नुका साथै रङ परिवर्तन गरि चलाएको अवस्थामा प्रहरीले फेला पारेको प्रहरी निरिक्षक महेन्द्र बिकले बताउनुभयो ।
जिल्लामा त्यस्ता गिरोहहरू सक्रिय रहेको हुनसक्ने भन्दै सञ्चारकर्मीलाई त्यस्ता सङ्कास्पद मोटरसाइकल तथा जस्तासुकै सवारी साधनहरू देखेमा पनि जानकारी गर्राई प्रहरीलाई सहयोग गर्न अनुरोध गरेका छन् ।
र्सार्वजनिक गरिएका मोटरसाइकलहरू सम्वन्धित व्यक्तिहरूलाई बुझाउनका लागि पहल गरिने प्रहरी कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment