Tuesday 28 December 2010

मुस्ताङ लगायतका ठाउँबाट पर्यटकहरु भुरुङतातोपानीमा

पर्यटकले खानाको परिकार भन्दा बढि घुम्ने इच्छा गर्ने भएकाले छिमेकी नारच्याङ र दाना गाविससम्म पुग्ने पदमार्गका साथै आवश्यक पर्ुवाधार समेत बनाइसकेको स्थानिय रिता शेरचन बताईन । शेरचन भन्छिन्,’ संसारकै गहिरो गल्छी सम्म पुर्‍याउन महिला समुका साथै अन्य क्षेत्रबाट समेत सहयोग भइरहेको छ ।’ हिमाली जिल्ला मुस्ताङको प्रवेश क्षेत्र भएकाले पनि उनिहरूले पर्यटकलाई एक दिनसम्म अल्झाउने अभियानमा लागेका हुन् । हालै मात्र होटलको क्षमता विस्तार गरेकी वर्ल्ड कमला होटलकी सँचालिका सुष्मा हिराचनले भुरुङतातोपानीमा दैनिक ५ सयको पर्यटक बस्ने सक्ने क्षमताका होटल भएकाले यहाँ सम्म पर्यटकलाई ल्याउन सामुहिक प्रयासका काम भइरहेको बताईन् ।
र्
पर्यटकीय घोडेपानी, शिखघार, मुस्ताङ लगायतका ठाउँबाट पर्यटकहरु भुरुङतातोपानीमा एकदिनका लागि बस्ने गर्दछ । कालीगण्डकीको किनार रहेको प्राकृतिक तातोपानी त्यहाँको मूख्य आकर्षा हो । कुण्डमा स्नान पछि छालाका रोगका साथै थकाई मेटिने स्थानियबासिन्दाको विश्वास रहेको छ । ‘ कुण्ड पर्यटकको पहिचान हो ।’ कुण्डका सँचालक प्रेम तुलाचनले बताए । पर्यटन बर्षआउन लागेको भन्दै स्थानियबासिन्दाले दैनिक सरसफाई गर्ने गरेको उनले बताए । तातोपानीमा थाईल्याण्ड, अमेरिका, अस्ट्रेलिया, इग्ल्याण्ड लगायतका देशबाट पर्यटकहरू अत्याधिक आउने गर्दछन् । सरकारले हालै नयाँ पदमार्गको रुपमा घोषणा गरेको नार्चिङ-नागी पदमार्ग र पर्यटकीय गाउँ नारच्याङको प्रवेशद्धारको रुपमा भुरुङलाई लिईन्छ । पर्यटन मन्त्रालयले राखुपिप्ले १ घुमाउनेतालबाट सुरु भई पर्वतका दर्ुइ गाविसलाई समेट्ने गरी करिब ६० किलोमिटर नयाँ पदमार्ग खुल्ला गरेको थियो । उक्त रुटसँगै सिन्धुपाल्चोकको पाँचपोखरी-भैरवकुण्ड र बाग्लुङको ढोरपाटन पदमार्ग पनि खुल्ला गरेको थियो । ‘हामी यस्ता पर्यटकीय क्षेत्रको विकासमा लागि परेका छौ ‘म्याग्दी उद्योग बाणिज्य सँघको अध्यक्ष र्सर्ुयप्रसाद मर्सर्ााले बताए । यसक्षेत्रमा प्रवेश गर्ने पर्यटकका लागि सामुदायिक लज समेत निर्माण गरिएको उनले बताए । पर्यटन मन्त्रालयले घोषणा गरेका रुटको प्रचारप्रसार गर्ने पर्यटन ब्यवसायीले बताएका छन् 

No comments:

Post a Comment