Sunday 26 December 2010

धौलागिरि अञ्चलका ४ जिल्लाका ७४ ओटा सहकारी खारेज हुने


म्याग्दी, ११ पुष
सहकारी डिभिजन सहकारी कार्यालय बागलुङले लामो समयदेखी निष्त्रिmय रहेको भन्दै धौलागिरि अञ्चलका ४ जिल्लाका ७४ ओटा सहकारी खारेज गर्ने भएको छ । सहकारीको नियम अनुसार सञ्चालन नभएको भन्दै अञ्चलका ४ बटै जिल्लाका सहकारी कारवाही गर्ने भएको हो । खारेज हुनेमा पर्वतका ४०, बागलुङका २७, म्याग्दीका ४ र मुस्ताङका ३ सहकारी रहेका छन् ।
खारेजीमा पर्ने सहकारीमा म्याग्दीको बावियाचौरमा रहेको किसान बहुउदेश्यीय सहकारी संस्था,कालिगण्डकी बहुउदेश्यीय सहकारी संस्था भुरुङतातोपानी,सयपत्री महिला सहकारी संस्था शिख, श्रमिक बचत तथा ऋण सहकारी संस्था अर्थुङे,त्यस्तै मुस्ताङ जिल्लाको निलगिरि बहुउदेश्यीय सहकारी संस्था जोमसोम, कालिबराही सहकारी लेते र मुस्ताङ सहकारी जोमसोम रहेको डिभिजन सहकारी संस्था बाग्लुङका प्रमुख विष्णुप्रसार सुवेदीले बताउनुभयो । खारेजमा धौलागिरिको पहिलो सहकारी रुपमा स्थापना भएको कालिका सहकारी संस्था बागलु पनि परेको छ । खारेजमा पर्ने सहकारीले ३५ दिन भित्र सवै बिबरण पेश गर्न निर्देशन गरिएको बताइएको छ ।
खारेजीमा पर्ने सहकारीहरुले सहकारी ऐन २०४८ को दफा ३४ बमोजिम लेखा परिक्षण प्रतिवेदन, नाफा नोक्सानको विवरण,सञ्चालक समितिको नामावली विवरण कार्यालयमा पठाउन निर्देशन गरिएको छ । सहकारी संञ्चालकहरुले तोकिएको समयमा सवै बिवरण पेश नगरेमा निष्त्रिmय रहेको मानेर सहकारी ऐन २०४८ को दफा ४१ उपदफा ३ बमोजिम दर्ता खारेजी गर्ने भएको हो । आगामी बर्षदेखि सहकारीको अनुगमनलाई प्रभावकारी बनाउने समेत बताइएको छ ।
डिभिजन सहकारी कार्यालय बागलुङका अनुसार बागलुङमा २ सय ५८र्,पर्वतमा १ सय ७८,म्याग्दीमा १ सय २९ र मुस्ताङमा १७ ओटा सहकारी गरि धवलागिरिमा अहिलेसम्म ५८२ वटा सहकारी सञ्चालनमा रहेका छन् । खारेजीमा पर्ने अधिकांस सहकारीले दर्ता गरेको भएपनि आर्थिक कारोवार का साथै कुनैपनि काम नगरेको पाइएको डिभिजन सहकारी कार्यालयले जनाएको छ 

No comments:

Post a Comment