Thursday, 16 December 2010

लोकतन्त्र खतरामा परेको


राजनैतिक दलको कमजोरीका कारण लोकतन्त्र खतरामा परेको म्याग्दीमा आयोजना गरिएको एक कार्यक्रमका सहभागिले आरोप लगाएका छन् ।
दीपज्योति युवा क्लव बाग्लुङले सोमबार सदरमुकाम बेनीमा आयोजना गरेको राजनैति दल र नागरिक विचमा लोकतान्त्रीक अभ्यास सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागि भएकाले राजतन्त्रको अन्त्यका लागि सहकार्य गरेका दलहरुले नयाँ संविधान निर्माणका साथै लोकतन्त्रलाई संस्थागत गर्न भन्दा पनि सत्ताको खेलमा लागेकोमा चिन्तित भएका थिए ।
उनिहरुले दलका नेताहरुले लोकतन्त्रीक आन्दोलनमा जनाएको प्रतिबद्धता अनुसार काम नगरेको कारण लोकतन्त्र प्रति नागरिकको विश्वास कम हुदैं गइरहेको समेत बताएका थिए ।

सो कार्यक्रममा डा. केशव सापकोटाले आन्तरिक लोकतन्त्र विना बास्तविक लोकतन्त्र प्राप्त हुन नसक्ने बताउनुभएको थियो त्यस्तै डा. कुसुमाकर न्यौपानले लोकतन्त्रलाई राजनैतिक दलले चुनावमा जनाएको प्रतिवद्धता लाई कार्यान्यन गर्न सकेमा मात्र नेपालमा लोकतन्त्र संस्थागत हुने भन्दै शान्ति प्रक्रिया र लोकतन्त्रलाई सत्ता प्राप्तिको माध्यम नबनाउन राजनैतिक दललाई आग्रह गर्नुभएको थियो 

No comments:

Post a Comment