Sunday 19 December 2010

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आग्रह गर्ने अभियानमा

 म्याग्दी पुष ४ पर्यटन बर्ष २०११ नजिकदैं जादाँ मुस्ताङ प्रवेशद्धार म्याग्दीको दाना गाविसका महिलाहरु आफ्नो क्षेत्रमा पर्यटक भित्राउन प्रचारप्रसारका साथै पुर्वाधार निर्माणमा ब्यस्त देखिन थालेका छन् । पर्यटकीय स्थलको प्रचारप्रसारका साथै गाउँमा रहेको रुप्छे झरना र संसारकै गहिरो अन्धगल्छीको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आग्रह गर्ने अभियानमा लागेका छन् ।
पर्यटक बर्षमा म्याग्दीमा आउने पर्यटकहरुलाई दाना गाविसमा रहेका पर्यटकिय स्थलहरुमा समेत पुग्नका लागि हामीले अभियाननै चलाइएको रुप्से महिला समुहकी संयोजक तिलकुमारी पुनले बताउनुभयो । हालै मात्र ब्यवस्थित गरिएको गहिरो अन्धगल्छीमा पर्यटकहरुलाई आर्कषित गर्न स्थानिय रुप्छे युवा क्लवलाई समेत महिला समुहले आग्रह गरिरहेको दाना आमाा समुहकी रत्नकुमारी बुढाथोकीले बताउनुभयो ।
स्थानिय आमा समुहको सकि्रयतालाई राज्यले समेत सहयोग गर्न सकेमा पर्यटन बर्षमा म्याग्दीका प्रमुख पर्यटकिय क्षेत्रमा पर्यटकको चहलपहल बढ्ने पर्यटन पत्रकार समुह म्याग्दीले जनाएको छ ।
विश्वकै उत्कृष्ट गन्तब्यको रुपमा चिनिने अन्नपुर्ण पदमार्ग अन्तरगत पर्ने नारच्याङको पैरोठाप्ला हुदैं मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म निर्माण भएको नया पदमार्ग जाने पर्यटकहरुलाई दानामा रहेको रुप्छे र अन्धगल्छीले केही समय अल्झाउनेमा लक्ष्यका साथ काम भइरहेको महिला समुहका सदस्यले बताएका छन् । यसका लागि दानामा रहेका पर्यटन ब्यवसायीले समेत सकि्रयता देखाउनुपर्नेमा उनिहरुले जोड दिदैं आएका छन् 

No comments:

Post a Comment