Tuesday 21 December 2010

म्याग्दी जेसीजको अध्यक्षमा इश्वर श्रेष्ठ

म्याग्दी पुष ६ । म्याग्दी जेसीजको बाह्रौं बार्षिक साधारण सभाबाट इश्वर श्रेष्ठ निविरोध अध्यक्षमा निर्वाचित भएका छन् । नव निर्मित जेसीज भवनमा शनिवार भएको शाखा अधिवेसनबाट बरिष्ठ कार्यकारी उपाध्यक्षमा राजना श्रेष्ठ, कार्यकारी उपाध्यक्षमा दिनेश बराल, नवराज पौडेल, महासचिवमा भिमसेन बराइली, उपाध्यक्षमा क्रमस नारायण बराल, बविन बाग्दा, सकलमायाँ जुग्जाली, सरोज बानियाँ, कोषाध्यक्ष अाजली श्रेष्ठ, सहकोषाध्यक्षम विक्रम बोगटी, शाखा सम्पादक लोकेश पुन, शाखा निर्देशकमा राजना श्रेष्ठ र अध्यक्षीय सल्लाकार बिनय श्रेष्ठ रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आगामी कार्याकालमा सामाजिक कार्यका साथै पर्यटन बर्षलाई समेत सफल पार्न सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । सो अधिवेसनमा नेपाल जेसीजका उपाध्यक्ष धनन्जय कुमार श्रेष्ठपुर्व अध्यक्षहरुका साथै निर्वतमान अध्यक्ष रामकृष्ण बराइली लगाएतको सहभागिता रहेको थियो 

No comments:

Post a Comment