Tuesday 21 December 2010

एक जुट भई जनचेतना जगाउनुपर्नेमा सहभागिले जोड

म्याग्दी पुष ६ । समाजमा रहेका अन्धविश्वास र गलत मान्यतालाई अन्त्य गर्न सकेमा मात्र सामाजिक अपराधलाई न्युनिकरण गर्न सकिने सोमबार म्याग्दीको भुरुङ तातोपानीमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागिले बताएका छन् । 
नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाको अगुवाईमा स्थापना भएको निलगिरि आमा समुहका सदस्यहरुले बोक्सीछुवाछुत लगाएतका मान्यताले समाजलाई विभाजन गरेको भन्दै यस्ता संस्कारको अन्त्य गर्न सवै एक जुट भई जनचेतना जगाउनुपर्नेमा सहभागिले जोड दिएका थिए । उनिहरुले एचआईभी एड्समानव बेचविखनसमाजिक भेदभावका अधिकांस घटनामा महिला पिडित हुने गरेको भन्दै गाउँगाउँमा जनचेतना जगाउन सकेमा यस्ता घटनालाई रोकथाम गर्न सकिने समेत बताएका थिए ।
कार्यक्रममा समुहकी संयोजक जगदेवी रिातजाले विपन्नबर्गका महिलाहरुलाई समुहमा आवद्ध गराई सिपमुलका कार्यक्रम साचालन गर्नुका साथै कोषमा रहेका बचत लगानी गरिरहेका बताइन् । सो कार्यक्रममा समुहका १५ जना महिलाको सहभागिता रहेको थियो । समुहले २६ हजार आर्थिक संकलन गरि विभिन्न रोजगारका साथै ब्यवसायमा लगानी समुहका कोषाध्यक्ष हरिकला रानाले बताइन् ।
महिलाहरुले गाउँगाउँमा लाग्ने मेलाका साथै टोलटोलमा विभिन्न जनचेतना जगाउने कार्यक्रमहरु साचालनका साथै गाउँमा हुने मेलाजात्रामा देखापर्ने बिकृतीलाई रोक्नका लागि अभियान नै चलाएका छन् ।

No comments:

Post a Comment