Wednesday 22 December 2010

धौलागिरीका म्याग्दी,बाग्लुङ र पर्वतमा सिमकार्ड लिनेको भिड


म्याग्दी,पौष ७ गते
नेपाल दुरसंचार कार्यालय धौलागिरीले सस्तो मुल्यमा प्रिपेड मोवाईलको सिमकार्ड वितरण गर्न थालेपछि धौलागिरीका म्याग्दी,बाग्लुङ र 
 पर्वतमा सिमकार्ड लिनेको भिड लागेको छ ।दुरसंचार कार्यालयले २ सय रुपैयामा प्रिपेड मोवाईलको सिमकार्ड वितरण गर्न थालेपछि दुरसंचार कार्यालयमा सिमकार्ड लिनेहरुको भिड लागेको हो ।

आइतवार पहिलो दिन धौलागिरी अञ्चलका तीन जिल्लावाट ५ हजार ४ सय १५ थान बितरण भएका छन् । पर्वतवाट १८ सय ५०, बाग्लुङ्गवाट २२ सय ४५ र म्याग्दीवाट १३ सय २० थान भएका हुन् । सस्तो शुल्कमा सिमकार्ड पाईने भएपछि र्सवसाधारणहरुको निकै भिड बढेको छ । गाउँ गाउँबाट विहानैदेखि आएर लाईनमा बसेर र्सवसाधारणहरुले सिमकार्ड लिएको कार्यालयहरुले जनाएका छन् । २ सय रुपैयामा पाईने सिमकार्डमा १ सय रुपैया ब्यालेन्स जम्मा हुने गर्दछ । सिमकार्ड लिएको तीन महिना भित्र सेवा शुचारु गरिसक्नुपर्ने टेलीकम म्याग्दीले जनाएको छ ।माग भएअनुसारका सिमकार्ड वितरण गरिने दुरसंचार कार्यालय म्याग्दीका सहायक प्रमुख इश्वरी आचार्यले जानकारी दिनुभयो । आइबार जस्तै सोमबार पनि विहानै देखि निकै भिड बढेको उहाँले बताउनुभयो । गाउँगाउँमा टेलिकमले नमस्तेको टावर विस्तार गरेपछि अधिकांस र्सवसाधारणले यसको प्रयोग गर्ने गरेका छन् ।
सिमकार्ड लिन ग्रामीण क्षेत्रका वासीन्दाहरुको आकर्षा बढिरहेको छ । यस अघि धौलागिरीका चार जिल्लामा ६० हजार भन्दा बढि प्रिपेड मोवाईलका सिमकार्डहरु संचालनमा आइसकेका छन् । टेलीकमले दर्ुगम गाउँहरुमा पनि सेवा विस्तार गरेकाले बजार क्षेत्रभन्दा दर्ुगम गाउँवाट आउने र्सवसाधारणको भिड बढि रहेको छ ।
अहिलेसम्म ११ सय ३५ रुपैयामा वितरण हुँदै आएको प्रिपेड मोवाईलको सिमकार्ड अवदेखि जनताको चाहाना र माग अनुसार २ सयमा वितरण हँुने भएकाले हतार नगर्न दुरसंचार कार्यालय म्याग्दीले ग्राहकहरुलाई आग्रह गरेको छ 

No comments:

Post a Comment