Monday 3 January 2011

नीजि विद्यालयलाई चर्को कर लिने गरेकाले बाध्य भएर शुल्क बढाइएको


म्याग्दी, १९ पुष
सरकारले शैक्षिक शुल्कका नाममा नीजि विद्यालयलाई चर्को कर लिने गरेकाले बाध्य भएर शुल्क बढाइएको नीजि विद्यालयहरूको संगठन प्याप्सन म्याग्दीका अध्यक्ष राजु केसीले बताएका छन् ।
सदरमुकामस्थीत बेनीबजारमा रहेको बेनी आवाशिय माध्यमिक विद्यालयको २० औं वाषिर्कोत्सव तथा अभिभावक भेलामा बोल्दै प्याप्सनका अध्यक्ष केसीले सरकारले नीजि विद्यालयलाई सरकारले दोस्रो दर्जाको नागरिक सरह हर्ने गरेकाले समस्या उत्पन्न भएको भन्दै यस्तो कार्यको चर्को विरोध गरिने समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्लामा रहेको सम्पर्ुण्ा नीजि विद्यालयको शैक्षिक भुमिका समान भएकोले कसैलाई पनि वर्गिकरण गर्न नहुनेमा जोड दिइएको थियो । कार्यक्रममा बोल्दै जिल्लाशिक्षा अधिकारी दिलनाथ पुरीले म्याग्दीजस्तो दर्ुगम जिल्लामा नीजि विद्यालयले दिएको शिक्षाको योगदान निकै ठुलो रहेको भन्दै सरकारी क्षेत्रसंग पनि सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
वाषिर्कोत्सव कार्यक्रममा बिभिन्न दर्ुइदर्जनभन्दा बढि बिधामा उत्कृष्ट हुने करिव एकसयभन्दा बढि विद्यार्थी र अभिभभावकहरूलाई सम्मान र पुरस्कार बितरण गरिएको थियो । कार्यक्रममा बोल्ने अभिभावकहरूले सरकारी विद्यालयमा गुणस्तरिय शिक्षा नभएका कारण अफ्ना छोराछोरीलाई नीजि विद्यालयमा पढाउन बाध्य भएको बताएका थिए । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष रेशम बानियाँ, अभिभावक लक्ष्मण शर्मा, स्थानीय बुद्धीजिविहरू लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment